Incident Reports

नाटकबाट सत्ता र पितृसत्ताको विरोध [तस्बिरहरु]

2021-02-19

Province 1, Jhapa, Jhapa

काँकडभिट्टा — प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र महिलामाथि जारी हत्या र हिंसाजन्य घटनाको विरोधमा शुक्रबार झापाका रंगकर्मीहरुले सडकमा नाटक देखाएर प्रदर्शन गरे ।

कालो पोसाक । टाउकोमा कालो फेटा अनि मुखमा कालै मास्क । यसरी प्रस्तुत भएका रंगकर्मीको टोलीले मुलुकको पूर्वी नाकामा नाटकमार्फत सत्ता र पितृसत्ता दुवैको तीव्र विरोध जनाए ।

परिवर्तन थिएटरका रंगकर्मीले करिब १० मिनेट छोटो नाटक मार्फत यी दुवै सत्ताको आलोचना गर्न भ्याए । रंगकर्मीसहितको टोलीले हिंसाको विरोधमा मार्चपास समेत गऱ्यो । 

झापाका विभिन्न दल, पेशाकर्मी, सामाजिक संघ संस्थाको अगुवाईमा आयोजित नागरिक आन्दोलनले ओली सरकारको कदमलाई प्रतिगामी भन्दै बजार घुम्दै नाराबाजी समेत गरेको थियो ।

प्रदर्शनमा नाटकसँगै विभिन्न स्रष्टा र सर्जकहरुका कविता वाचन गरिएको थियो । ओलीको गृह जिल्लामा उनको कदमको विरोधमा सर्जकहरु धमाधम सडकमा आउन थालेका छन् । शुक्रबारै दमकमा समेत स्रष्टाहरुले कवितामार्फत ओली कदमको विरोध गरेका थिए । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments