Incident Reports

ओली पक्षले रुकुम पश्चिमको पार्टी कार्यालय तालाबन्दी गर्‍यो

2021-02-20

Karnali, Rukum West, Musikot


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार रुकुम पश्चिमस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य ओमप्रसाद आचार्यले सदरमुकाम खलंगास्थित बागबजारमा रहेको मदन आश्रित भनवमा तालाबन्दी गरिएको बताए।

‘हाम्रो पूर्व एमाले पार्टीका नेता, युवा र बिद्यार्थी संगठन मिलेर हामीले दिउँसो तालाबन्दी गरेका हौं,’ उनले भने ‘ अब पार्टीको विवाद छिनोफानो नहुँदासम्म ताला खोल्दैनौं।’

उनले जिल्लामा पूर्वएमाले अन्तर्गत सम्पूर्ण जिल्ला कमिटी ओली पक्षकै बहुमत रहेको हुँदा आफ्नो पार्टी कार्यालयको सुरक्षाको लागि तालाबन्दी गरिएको पनि तर्क गरे।

‘पार्टी कार्यालयको नाम नै पूर्वएमाले नेता मदन-आश्रितको नामबाट नामाकरण गरिएको छ,’ उनले भने।

तर, यो विषयमा प्रचण्ड–नेपाल पक्षबाट भने कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

तालाबन्दीको क्रममा तनावको वातावरण भएपछि प्रहरी पनि आएको आचार्यले जानकारी दिए।

आचार्यले शनिबार नै जिल्ला कमिटी विस्तार गरिएको तथा जिल्ला अध्यक्ष चयन गरिएको पनि जानकारी दिए।

घटनाबारे जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले सम्भावित घटना हुन नपाओस् भनेर बेलुका पनि पार्टी कार्यालयमा सशस्त्र प्रहरी र प्रहरी खटाएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments