Incident Reports

अपहरणमा परेको ७ घण्टामा धनुषाबाट एक बालकको सकुशल उद्धार

2021-02-20

Madhes, Dhanusha, Nagarain, Ward 6

धनुषा – धनुषाबाट अपहरणमा परेका एक बालकको प्रहरीले ७ घण्टाभित्रै सकुशल उद्धार गरेको छ । अपहरण गरी १ करोड फिरौती मागेको अरोपमा प्रहरीले बालकका मामा र बुबासहित ३ जना पक्राउ गरेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार जनकपुरको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको हो ।

ती बालकलाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।

डीआईजी सिंहका अनुसार बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ ।

बालक अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा जानकारी दिन प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दैछ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments