Incident Reports

दैविक शक्ति भएको भन्दै एक बाबाले महिलामाथी कुटपिट

2021-02-21

Sudurpashchim, Kailali, Godawari

आफुमा दैविक शक्ति भएको भन्दै एक बाबाले महिलामाथी कुटपिट र दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।कैलालीको गोदावरी नगरपालिकाको खैराना जङ्गलमा बस्दै आएका एक बाबाले आफूमा दैबिक शक्ति रहेको विभिन्न रोग,भुतप्रेत लागेकालाई निको बनाउने भन्दै महिला माथि कुटपिट र दुर्ववहार गर्दै आएका छन् ।

जुनसुकै रोग निको बनाउने भन्दै महिलामाथि कुटपिट,दुव्र्यवहार र कसैबाट सुन, कुखुराको भालेपोथी,पैसा लगायत समान माग्ने गरेको पाइएको छ ।

केहिदिन अघि सार्वजनिक भएको भिडियोमा ती बाबाले एक महिलालाई कपाल समातेर लछार्दै र महिलाको माथिल्लो अंगमा हात राखेर भुईमा पछारेको देखिन्छ ।

ती महिला रुदै मम्मि! मम्मि! भनेर कराउँदै गरेकि छन् । हात जोडेर रुदै छन तर ती बाबाले फेरि पनि महिला कपाल समातेर लछारपछार गरिरहेका छन् । धेरै महिलाहरु हेरिरहेको देखिन सकिन्छ भने पछाडिबाट पुरुष बोलेको आवाज पनि सुनिन्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments