Incident Reports

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

2021-02-21

Bagmati, Makawanpur, Raksirang, Ward 1

९ फागुन, हेटौंडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रहरीको कामकारबाहीमा बाधा पुर्‍याएको भन्दै राक्सिराङ-१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ र्फकने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबीच राक्सिराङ-१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports