Incident Reports

हतियार प्रहारबाट आमाछोरी घाइते

2021-02-22

Bagmati, Sindhuli, Kamalamai, Ward 10

सिन्धुली - धारिलो हतियार प्रहारबाट सिन्धुलीको कमलामाई नगरपालिका–१० दोभानमा सोमबार आमाछोरी गम्भीर घाइते भएका छन् । घरमा सुतिरहेका ५५ वर्षीया हरिमाया घिमिरे र २६ वर्षीया गंगामाया घिमिरेलाई धनुषा, बट्टेश्वरका प्रमोदकुमारसिंह महतोसहित दुई जनाले बिहान ३ बजे आक्रमण गरेका हुन् ।

घटनापछि दुवै जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार घाइतेलाई उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पठाइएको छ । दुवै जनाको टाउको तथा हातमा गहिरो चोट लागेको छ ।

गंगामाया र महतोबीचको प्रेमसम्बन्ध घटनाको कारण भएको स्थानीयले बताएका छन् । वडाध्यक्ष रामहरि ढुंगेलका अनुसार महतो गंगामायाको घरमा पहिल्यैदेखि आउजाउ गरिरहन्थे । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments