काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं गागलफेदी गाविसका सचिव तेजराज अर्याललाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेका छन्।
काभ्रेपलान्चोक जिल्लाकोा बनेपा नगरपलिकाका एक सेवाग्राहीसँग राजश्व नतिरी प्रोपर्टी भ्यालुएसनको कागजात मिलाइदिन्छु भनि १५ हजार घुस लिएका थिए । गाविस सचिव अर्यालले झोलामा गाविसको खाली लेटरप्याड र स्ट्याम्प ल्याई अनामनगरस्थित शिखर फुडल्याण्डमा खाली प्याडमा सहीछाप गरी बांकी विवरण आवश्यकतानुसार सेवाग्राही स्वयंले नै भर्ने गरी कागज तथा रकम लिने दिने गर्दा गर्दैको अख्तियारको टोलीले पक्राउ गरेको हो ।
अर्याललाई गाविस सचिवको पद दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम तत्काल पदबाट निलम्बन गर्न पत्र पठाइएको छ ।
काठमाडौं जिल्लाका स्थानिय विकास अधिकारीलाई अर्याले पदको दुरुपयोग गरि गैरकानुनी रुपमा घुस पलने कार्य गरेकाले तत्काल निलम्वन गर्न पत्र लेखी पठाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अर्याललाई थप अनुसन्धान गरि भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालतमा मुद्दा गरिने आयोगले जनाएको छ ।