Incident Reports

केटी जिस्काएको कान्डले ५ सय छात्र निस्कासित l

2014-06-21

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 19

पोखराको लामाचौरमा रहेको पश्चिमाञ्चल ईन्जिनियरिङ्ग कलेजमा केही दिन अगाडी भएको केटी जिस्काएको घटनाले साम्य हुनुको सट्टा झन उग्ररुप लिन थालेको छ। घटनाले राजनीतिक रुप लिएपछि जिल्ला प्रसाशन कार्यलय कास्कीमा भएको सबै राजनीतिक दल संबद्ध विद्यार्थी संगठनको छलफलले छात्रहरुको होस्टल खाली गर्ने सहमति भएपछि प्रसासनले सबै विद्यार्थीहरुलाई बाहिर निकालेको छ। छात्रहरुलाई ७ हप्ताका लागि होस्टलबाट निकाले क्याम्पस प्रशासनले जनाएको छ। उक्त घटना पछि बन्द रहेको क्याम्पस खुलाउने प्रयाग गरेपनि विद्यार्थीहरु बिचको थप झडपको अबस्था देखिएपछि क्याम्पस पनि अनिश्चित कालका लागि बन्द गरिएको छ। होस्टलमा बसेकी केटी विद्यार्थीलाई सोही क्याम्पसमा अध्ययनरत केटा विद्यार्थीले जिस्काएको भन्दै क्याम्पस प्रशासनमा निबेदन दिँदा दोषी पाईए पछि क्याम्पसले १६ जना बिद्यार्थीलाई कारबाही गरेको थियो। कारबाहीमा नेबिसंघका विद्यार्थीहरु परेको भन्दै नेबिसंघले आन्दोलन गरेको थियो। आन्लोलनका कारण विद्यार्थीहरुबिच झडप समेत भएको थियो। आन्दोलनरत विद्यार्थीहरुले क्याम्पसमा दुई लाख बराबरको क्षति पुुर्‍याएको क्याक्पस प्रमुख नारायण गौतमले बताए। क्याम्पस बन्द गराएपछि केही साम्य हुन्छ की भनेर प्रसासनले क्याम्पस बन्द गराए पनि विद्यार्थीहरुमा विबाद नरोकीए पछि अनिश्चित कालका लागि बन्द गरिएको प्रमुख गौतमले बताए। बाहिर भने जस्तो केटीलाई नराम्रो हिसाबले नजिस्काए पनि क्याम्पस प्रसासनले एकलौटी ढंगले आफ्ना साथीहरुलाई मात्र कारबाहीको सिफारिस गरेकोले आन्दोलन गरेको नेबिसंघका क्याम्पस ईकाईका सचिव राजिव रिमालले बताए। एक महिना पछि जाँच आउन लागेको बेलामा होस्टेलबाट बाहिरीन परेपछि बिद्यार्थीहरुलाई समस्या परेको छ। देशका बिभिन्न स्थानबाट पढ्न आउने बिद्यार्थीहरु मर्कामा परेका छन्।

0 Comments

Related Reports
Related Trend Analysis