Incident Reports

प्रदेश-२ का प्रदेश प्रमुख हटाएको भन्‍दै विराटनगरमा विरोध कार्यक्रम

2021-02-22

Province 1, Morang, Biratnagar

मोरङ-प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई पदबाट हटाएको भन्दै नेपाल दलित मुक्ति संगठन मोरंगद्धारा आयोजित कार्यक्रममा विरोध भएको छ।विराटनगरमा सोमबार संविधानको कु र प्रतिगामी कदमका विरुद्ध आयोजित विरोध सभाका क्रममा नेकपाकी प्रदेश सभासदस्य उर्मिला विश्वकर्माले प्रदेश २ का प्रदेश प्रमुख परियारलाई सरकारले हटाउनु पनि जातिय विभेद, दलित विरोधी हर्कत भएको बताइन्।

सरकार निरंकुश शासन प्रणाली उन्मुख हुदै गएको बताएकी विश्वकर्माले खेलकुद मन्त्री जगत विश्वकर्मा र प्रदेश प्रमुख परियारलाई हटाएको आरोप लगाइन्। विरोध कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण संविधानप्रदत्त अधिकारहरु खुम्चिदै गएको आरोप लगाएकी थिइन्।

विरोधका क्रममा नेकपा दाहाल नेपाल पक्षका केन्द्रीय सदस्य महेश रेग्मीले प्रधानमन्त्रीले प्रतिनीधि सभा विघटन गर्न चालेको कदम प्रतिगामी रहेको दाबी गरेका थिए। नेता रेग्मीका अनुसार संसद विघटन गरि मुलुकमा अस्थिरता, असमानता, निरंकुश शासन लगाउन प्रधानमन्त्री लागि परेको आरोप लगाए।

विरोध कार्यक्रममा दलित अगुवा कृष्ण रसाईली, नेकपाका नेता भोगेन्द्र यादव, संगठनका जिल्ला संयोजक कपिल सुनार लगायतले प्रधानमन्त्री ओलीको पौष ५ गतेको प्रतिनीधि सभा विघटन कार्य असंवैधानिक भएको बताएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments