Incident Reports

प्रहरी हिरासतमा थुनुवाको मृत्यु, इन्सेकद्वारा स्थलगत अनुगमन

2021-02-20

Lumbini, Dang, Tulsipur, Ward 6

रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ घर भइ तुलसीपुर उपमनपा–६ बस्ने ४६ वर्षीय नन्दराम वलीको फागुन ९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरको हिरासतमा मृत्यु भएको छ ।३४ वर्षीया पत्नी प्रिति वलीलाई फागुन ८ गर्ते मादक पदार्थ सेवन गरी कुटपिट गरेपछि पत्नीको उजुरीमा सोही दिन राति प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको थियो ।

प्रहरीले गिरफ्तार गरेर फागुन ८ गते राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

हिरासतमा बेहोस भएको भएको अवस्थामा उपचार गराउन राप्ती प्रादेशिक अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनाको इन्सेक जिल्ला प्रतिनिधिको संयोजकत्वमा मानव अधिकरकर्मीहरूले फागुन १० गते स्थलगत अनुगमन गरेका थिए ।मानव अधिकारकर्मीहरूको टोलीले हिरासतमा रहेका थुनुवा, मृतकका परिवार, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंह भेटगरी घटनाबारे जानकारी लिएका थिए ।

अत्यधिक मादक पदार्थ सेवन गरेका वलीले हिरासतमै अपशव्द प्रयोग गर्ने र राति १२ वजेसम्म हो हल्ला गरेको तर त्यसपछि सुतेका उनी बिहान सात बजेतीर अचेत अवस्थामा रहेको पाइए पछि अस्पतालमा लगिएको मृतकसँगै हिरासतमा रहेका २५ झक्कुप्रसाद बस्नेतले बताउनु भयो । अस्पताल लगे लगत्तै चिकित्सकले वलीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डिएसपी सिंहले जानकारी दिनुभयो ।

मृत्यु भएको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । ‘शवको  पोष्टमार्टम गर्न पनि समस्या भइरहेको छ ।’, डिएसपी सिंहले भन्नु भयो । कान्छी पत्नीले पोष्टमार्टम गरेर आएको रिर्पोटका आधारमा कारबाही अघि बढाउन सहमत भएपनि रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–३ बस्दै आएकी जेठी पत्नी ३९ वर्षीया पार्वती वलीले घटनामा कान्छी पत्नीको भूमिकाबारे छानवीन हुनुपर्ने भन्दै पोष्टमार्टम गर्न नदिएको बताउनु भयो । शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments