Incident Reports

प्रधानमन्त्रीको भाषण सुनेर फर्किरहेका कार्यकर्ताद्वारा बस तोडफोड

2021-02-22

कञ्चनपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेर फर्किरहेका कार्यकर्ताले बसमाथि तोडफोड गरेका छन्।जिल्लाको बेलौरी नगरपालिकामा गएराति दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमबाट प्रधानमन्त्री ओलीको भाषण सुनेर फर्किने क्रममा बसमाथि तोडफोड भएको बताइएको छ।

तोडफोड गर्नेहरु नेकपाका कार्यकर्ता रहेको बताइएपनि प्रहरीले भने पहिचान खुल्न नसकेको जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बस चालकले गन्तव्य सम्म पुगाउन जान नमानेको भन्दै तोडफोड गरेको बुझिएको बताए। तोडफोडबाट ना ३ च ७७४३ नम्बरको बस र सुपप्र ख ९६२ नम्बरको बसका सिसा फुटेका छन्। उनीहरुले चालकको नगद २० हजार पनि लुटेर लगेको बुझिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Reports