Incident Reports

१४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने पक्राउ

2021-02-23

१४ जना महिलालाई श्रीलंका पुर्याएर विक्री गर्ने मोरङको कटहरी गाउंपालिका ४ स्थायी वतन काठमाडौं चक्रपथमा बस्ने ३५ वर्षीय राम कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै गाउँले चन्द्र प्रकाश राईले बिदेशमा मानिस पठाउने र आकर्षक तलव हुने बताएपछी २०७३ असार ८ गते राम कुमार चौधरीको पासमा पुर्याएर श्रीलंका पुर्याएर विक्री गरेको प्रहरीको भनाई छ ।

निवेदक पीडित महिलाको जाहेरीअनुसार भारतको सिलगुढी स्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखि श्रीलंकमा पुर्‍याए र २ महिना बन्धक बनाएको आरोप छ ।

पीडक मध्ये चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेकोमा सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेको छ । चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान कारवाही हुने जनाएको छ । 

National/Online Media

0 Comments