Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2021-02-24

Sudurpashchim, Kailali, Godawari, Ward 2

२० वर्षीया किशोरीलाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा प्रहरीले  केआइसिंह गाउँपालिका—३ का २० वर्षीय राहुल पार्कीलाई फागुन ११ गते अत्तरियाबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडित किशोरीलाई भारतको हैद्रावाद लैजान लागेको भन्दै पीडित परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरी परिचालन गरी गोदावरी नगरपालिका—२ अत्तरियास्थित न्यू खप्तड होटेलबाट आरोपितलाई गिरफ्तार गरी बेचबिखन तथा ओसारपसार कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिक्मत थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते सेती प्रादेशिक अस्पताल,, धनगढीमा गरिएको प्रहरीले जनायो ।

मैनामोती चौधरी

0 Comments