Incident Reports

बालकमाथि चार बालिका बलात्कारको आरोप

2021-02-17

Lumbini, Bardiya, Bansagadhi

एक बालकमाथि एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।१४ वर्षीय बालकले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालकाबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Other
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 4
Female Raped 4
Youth Raped 4
National/Online Media

0 Comments