Incident Reports

बालिका बलात्कारको आरोपमा गिरफ्तारl

2014-06-23

Province 1, Khotang, Diprung

DM Chamling Rai खोटाङ । ०७१ असार ९ गते एक ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डाँडागाउँ गाविस-१, का २५ वर्षीय किशोर भुजेललाई असार ९ गते गिरफ्तार गरेको छ । दिदीबहिनी घरमा बसिरहेको समय आरोपितले दिदीलाई अभिभावक बोलाउन पठाएर बालिकालाई असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरी चौकी सप्तेश्वर छितापोखरीमा असार ८ गते उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका असई मनोज यादवले बताए । बालिकाको स्वास्थ्य परीक्षण असार ९ गते जिल्ला अस्पताल दिक्तेलमा भएको छ । बालिकाको अवस्था गम्भीर रहेको असई यादवले बताए । आरोपितलाई सदरमुकाम दिक्तेल ल्याइच्दै गरेको प्रहरीले जनाएको छ । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis