Incident Reports

गायक ब्लोन र उनका बुबामाथि आक्रमण, दुवैजना सख्त घाइते

2021-02-26

Bagmati, Makawanpur, Bakaiya, Ward 1

 प्रस, निजगढ, १३ फागुन/युवा गायक प्रतीक ब्लोन र उनका बुबा वीरमान ब्लोनमाथि १०/१२ जनाको समूहले आक्रमण गरी बुबा र छोरा दुवैजनालाई सख्त घाइते बनाएको छ। खानेपानीको बोरिङ र विद्यालय निर्माणको विषयलाई लिएर उनीहरूमाथि आक्रमण भएको बताइएको छ।बारासँग सीमा जोडिएको मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ रजुवा बेसीटोलमा खानेपानीको लागि बोरिङ गर्न बकैया गाउँपालिकाले ९ लाख रकम विनियोजन गरेको थियो।जडानस्थल बेसीटोल भनेर स्पष्ट खुलाउनुपर्नेमा रजुवा मात्रै लेखिदिएपछि अर्को टोलका बासिन्दाले उक्त बोरिङ आफूहरूको टोलमा जडान हुनुपर्ने भन्दै विवाद खडा गरेका थिए। सोही विवादका कारण अर्को टोलका स्थानीयहरूको एक समूहले आफूहरूमाथि आक्रमण गरेको प्रतीक ब्लोनले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports