Incident Reports

कुटपिट गरी गर्भपतन गराएको आरोपमा तीन जना गिरफ्तार

2021-02-26

Madhes, Saptari, Mahadeva, Ward 4

महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनिता देवी यादवलाई कटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय लक्ष्मण राउत बरै, २७ वर्षीय श्याम राउत वरै र ६५ वर्षीय रामजी साहलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।

आरोपितमध्ये सोही ठाउँका ४० वर्षीय सुरेन्द्र साह फरार रहेकोले खोजतलास भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

फागुन ६ गते दिउँसो आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरी घाइते बनाएको र सोही क्रममा पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा फागुन ९ गते उजुरी दिनुभएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments