Incident Reports

बहुविवाहका आरोपितलाई एक वर्ष कैद फैसला l

2014-06-22

Province 1, Khotang, Diprung

Durga Pariyar सिरहा । ०७१ असार ९ गते बहुविवाहका आरोपित तरिगाना गोबिन्दपुर गाविस-८ का ३५ वर्षीय राजकुमार यादवलाई जिल्ला अदालतले एक वर्षकैद र उनकी कान्छी पत्नी ३२ वर्षीया पूनमकुमारी यादवलाई सफाई दिने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलासले असार ८ गते सो फैसला गरेको जिल्ला सरकारी वकिल राजेशकुमार कटुवालले बताए । यादवकी पत्नी ३२ वर्षीया वीभाकुमारी यादवले पतिले सप्तरी जिल्लाको हरिपुर गाविस-७ की पूनमसँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा ०७० भदौ २१ गते उजुरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय लहानका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार आरोपित राजकुमारलाई ०७० भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतबाट आरोपित यादव ०७० असोज ८ गते २५ हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis