Incident Reports

प्रतिबन्धित नेकपाका तीन जना नेता कार्यकर्ता गिरफ्तार

2021-02-26

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सप्तरी ‘जन सरकार’ प्रमुख खडक नगरपालिका–३ बनरझुल्लाका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डल तथा सिरहा/सप्तरी जिल्ला सदस्यहरु राजबिराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र बिष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डललाई सप्तरी प्रहरीले फागुन १४ गते राति गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहका अनुसार सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यावसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिहरूसँग चन्दा माग गर्ने, धम्की दिने गरेको सूचनाका आधारमा तीन जनालाई गिरफ्तार गरिएको हो ।

उहाँहरूको साथबाट युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७/०३/१६ गतेको पर्चा, जन विद्रोह लेखिएको किताब, विर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेलीलगायत चन्दा माग्न प्रयोग भएको चार थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments