Incident Reports

तनहुँ कारागारमा दुई कैदी समूहबीच झडप, ६ घाइते

2021-02-28

कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन । झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । केही महिनाअघि काठमाण्डौबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए । घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ ।

घटनाको सम्बन्धमा तनहुँमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल, कारागार प्रशासनबीच छलफल भइरहेको छ ।

यद्यपि घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले कुनै सूचना दिएको छैन । ‘कारागारभित्र सामान्य विवाद भएको हो’, तनहुँका प्रवक्ता युवराज तिमिल्सेनाले भन्नुभयो, ‘कारागारभित्र त्यस्तो केही भएको छैन ।’ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 6
Youth Injured n/a
National/Online Media

0 Comments

Related Reports