Incident Reports

महिला हत्याको आरोपमा फोरम गणतन्त्रिकका जिल्ला अध्यक्ष गिरफ्तार l

2014-06-21

Sudurpashchim, Kailali, Ghodaghodi

Sur Bahadur Pariyar कैलाली । ०७१ असार ८ गते कञ्चनपुर जिल्ला बेलौरी नपा- ४ घर भई हाल धनगढी नपा-३ निवासी मधेशी जनअधिकार फोरम गणतन्त्रिक नेपालका कैलालीका जिल्ला अध्यक्ष २९ वर्षीय नवराज धानुकलाई कञ्चनपुर जिल्ला पुर्नाबास नपा-१३ अमरैयाकी २३ वर्षीया रामकुमारी रानाको हत्या गरेको आरोपमा असार ७ गते जिल्ला प्रहरी कार्याल, कैलालीले गिरफ्तार गरेको छ । रामकुमारी रानालाई असार ७ गते विष सेवन खुवाएर धानुकले आफ्नै घरमा हत्या गरेको भन्दै पीडितका दाजुभाइले सोही दिन जिल्ला प्रहरी कार्यालय, कैलालीमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीका आधारमा आरोपित धानुकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर किसन सिंह बडुवालले जानकारी दिए । आरोपित धानुकले रानाले विष सेवन गरेको भन्दै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा ल्याएका थिए । उपचारका क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । आरोपित धानुक र मृतक राना बीच दुई वर्ष अघिदेख अवैध सम्बन्ध रहेको खुलेको प्रहरीले जनायो । राना आफूलाई विवाह गर्नु पर्ने भन्दै धानुकको घरमा असार ६ गते गएकी थिइन । राना विवाहित महिला हुन् । मृतक रानाका पति रोजगारीका शिलशिलमा भारतमा छन् । मृतकका दुई जना छोराछोरी रहेको आफन्तले बताए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis