Incident Reports

मानव बेचबिखन गरेको अभियोगमा दुईजना विरुद्ध मुद्दा दर्ताl

2014-06-22

Province 1, Sunsari, Itahari

Shekhar Dhakal सुनसरी । ०७१ असार ८ गते मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा हासपोसा गाविस-८ की ३८ वर्षीया सुशीला विष्ट र मोरङको वेलबारी नपा-१ की ३४ वर्षीया रमा निरौला विरुद्ध जिल्ला अदालत सुनसरीमा असार ८ गते मुद्दा दर्ता भएको छ । एकम्बा गाविस स्थित राजमार्ग छेउमा होटल सञ्चालन गर्ने रमा र हाँसपोसा गाविस-८ मा होटल सञ्चालन गर्ने सुशीलाले मानव बेचबिखन तथा ओसार पसार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीले मुद्दा चलाएको हो । दुवै जनाले होटलमा युवती राखेर यौन कार्य गर्न बाध्य पारेको, बन्धक बनाएर यौन कार्यमा लगाएको उजुरी परेकाले उनीहरु विरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी विनोद शर्माले बताए। उजुरीका आधारमा असार ८ गते बिहान गिरफ्तार गरी अदालतमा मुद्दा दर्ता गराएर तीन दिनका लागि म्याद थप गरिएको डिएसपी शर्माले जानकारी दिए । शेखर ढकाल

0 Comments