Incident Reports

नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा १ जना पक्राउ, २ फरार

2021-02-26

Bagmati, Nuwakot, Tarkeshwar, Ward 2

नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै प्रहरीले दुई जना फरार रहेको भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा १४ गते राति तीन जना युवाले युवतीलाई बलात्कार प्रयास गरेका थिए ।  पीडितले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको प्रवक्ता हरि बहादुर ओलीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले धेरै कुरा बोल्न नमिल्ने बताउँदै भने, ‘पीडित पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएसँगै १ जनालाई पक्राउ गरिएको छ । थप कुरा अनुसन्धानकै प्रक्रियामा रहेको छ ।’ 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments