Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2021-03-02

Sudurpashchim, Kailali, Dhangadhi, Ward 4

१६ वर्षीया दुई बालिकालाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा पीडित पक्षले दैलेख जिल्ला चामुन्दा बिन्द्रासैनी  नगरपालिका—५ का ३१ वर्षीय प्रेम कार्की, २८ वर्षीया चन्द्रिका आचार्य कार्की, २७ वर्षीया कृष्णा  कार्की  र २१ वर्षीय दण्डप्रसाद आचार्यविरुद्ध जिल्ला प्रहरी  कार्यालय, कैलालीमा फागुन १७ गते उजुरी दिएका छन् ।

भारतको बैङ्गलौर लैजानका लागि बालिकाहरुलाई धनगढी उपमहानगरपाकिा—४ स्थित अछाम होटेलमा राखिएको सूचना प्राप्त भएपछि फागुन १४ गते पीडित बालिकाहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

पीडितका आफन्त आएपछि आरोपितविरुद्ध बेचबिखन तथा ओसारपसारको कसुरमा फागुन १७ गते मुद्दा दर्ता गरी आरोपितहरुको खोजीकार्य भइरहेको डिएसपी विष्टले बताउनु भयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण फागुन १७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी आफन्तको जिम्मा लगाइएको डिएसपी बिष्टले बताउनु भयो ।

मैनामोती चौधरी

0 Comments