Incident Reports

आमा र नाबालक छोराको हत्या l

2014-06-21

Madhes, Dhanusha, Janakpur

Binod Kumar Rabidas धनुषा । ०७१ असार ८ गते जनकपुर नपा-४ स्थित कटैया चौरीमा आमा र नाबालक छोराको हत्या भएको छ । धनौजी गाविस-३ भररिया गाउँमा घर भई हाल जनकपुर नपा-४ स्थित कटैया चौरीमा घर बनाउँदै गरेकी २७ वर्षीया मैतुन खातुनको असार ७ गते मध्य राती हत्या भएको हो । मैतुनसँगै सुतेका नाबालक ७ वर्षीय छोरा अमिरुल साफीलाई समेत घाँटी थिची हत्या भएको छ । अज्ञात व्यक्तिहरुको एक समूहले धारिलो हतियारले टाउको र घाँटी समेत काटी विभत्स हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भित्रबाट ताल्चा लागेको बिहान नखुलेपछि प्रहरीलाई बोलाइएको स्थानीयहरुले बताएका छन् । घटना स्थलमा डिएपी दीलिप घिमिरेको कमाण्डमा प्रहरी टोली अनुगमनमा पुगेको छ । घटना स्थल मुचुल्का सकिएको प्रहरी अधिकारहरुले जानकारी दिए । सँगै सुतेका छोरी १२ वर्षीया मकिना खातुन र ९ वर्षीय मुवारक साफी सकुशल सुरक्षित रहेका छन् । उनीहरुले आफूहरु सुतिसकेकोले केही थाह नभएको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र आवश्यक सोधपुछ जारी रहेको जनाएको छ । वैदेशिक राजगारमा रहेका पीडितका पति आलम साफीले असार ६ गते २ लाख ५० हजार रुपैयाँ पठाएका थिए । घरमा रहेको सरसमानहरु नलगे पनि पैसा लुटेको मृतकको आफन्तहरुले बताएका छन् । यता प्रहरी अनुसन्धानको क्रममा तीन जनालाई गिरफ्तार गरेको छ । तर, अनुसन्धानको क्रममा रहेकोले प्रहरीले उनीहरुको सार्वजनिक गरेको छैन । घटनाको सुक्ष्म अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लासको मुचुल्कापछि पोष्र्टमाटको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis