Incident Reports

हुलास स्टीलमा बम विष्फोट

2021-03-02

Madhes, Parsa, Bindabasini, Ward 2

प्रस, परवानीपुर, १८ फागुन/गोल्छा समूहको पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका–२ बहुअर्वाभाटास्थित निर्माणाधीन हुलास स्टील एन्ड इन्डस्ट्रिज प्रालिको भवनमा गएराति बम विष्फोट भएको थियो। विष्फोटबाट उद्योग भवनको एउटा कोठाको झ्यालका सीसाहरू फुटेका छन् भने पर्खालमा क्षति पुगेको प्रहरीले जनाएको छ। पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सोमवार राति १० बजे निर्माणाधीन उद्योगबाट विष्फोटको आवाज आएपछि प्रहरी त्यहाँ पुगेको बताए।

स्थानीयले उद्योगमा प्रेसर कुकर बम विष्फोट भएको बताए। प्रहरीले भने अनुसन्धान चलिरहेको र सम्पूर्ण जानकारी उपलब्ध गराउन नसकिने बताएको छ। केही दिनअगाडि विप्लव समूहले उद्योगका सञ्चालकसँग रु १५ लाख सहयोग माग गरेको र उद्योगका सञ्चालक शरद गोल्छाले सहयोग गर्न अस्वीकार गरेपछि विष्फोट भएकोले विप्लव समूहको संलग्नताको आशङ्का गरिएको छ। तर विप्लव समूहले यसको आधिकारिक स्वीकारोक्ति भने गरेको छैन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments