Incident Reports

गाउँमा दही लिन गएकी ११ वर्षीया बालिका बलात्कृत

2021-03-02

Lumbini, Dang, Babai

पश्चिम दाङमा ११ वर्षीया एक बालिका बलात्कृत भएकी छन्। 

बबई गाउँपालिकाकी ती बालिकामाथि मंगलबार बेलुका ६ बजेतिर दही लिन जाँदै गर्दा ट्वाङखोलाको जंगल क्षेत्रमा बलात्कार भएको थियो। 

इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार स्थानीय १३ वर्षीय एक बालकले ती बालिकालाई जबरजस्ती बलात्कार गरेका थिए। 

उनलाई जंगलमा फेला पारी जबरजस्ती बलात्कार गर्न स्थानीय १२ वर्षीय अर्का बालकले ती १३ वर्षीय बालकलाई सघाएको देखिन आएको प्रहरी निरीक्षक केसीले सेतोपाटीलाई बताए।

बलात्कृत बालिकाकी आमा बिरामी रहेको हुँदा ती बालिका छिमेकी गाउँमा रहेको आफन्तकोमा दुई तीन दिन अगाडि गएकी थिइन्। 

मंगलबार बेलुका ६ बजेतिर ती बालिका जंगलको बाटो हुँदै नजिकै अर्को टोलमा दही लिन एक्लै जाँदै गर्दा खोलामा माछा मारेर फर्किंदै गरेका दुई बालकले उनलाई देखे।

त्यसपछि उनीहरूले आपसमा सल्लाह गरी जबरजस्ती बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

‘१३ वर्षे बालकले बलात्कार गरेको र १२ वर्षीय बालकले उनलाई सघाएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक केसीले भने, ‘घटनाबारे थप अनुसन्धान हुन बाँकी छ।’

एक्लै हिँडिरहेकी बालिका देखेपछि उनीहरूले जबरजस्ती समातेर लडाएको र उनी कराउन थालेपछि मुख थुनेर, हातखुट्टा समातेर बलात्कार गरेको भन्ने खुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले बताए। 

बलात्कारपछि बालिका रुँदै बेलुकी साढे ६ बजेतिर घर पुगिन्। घरका मानिसले सोधपुछ गरे।

आफूमाथि भएको घटना बालिकाले बताएपछि उनीहरूले राति साढे ९ बजेतिर मात्रै खबर गरेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। 

‘खबर पाएलगत्तै हामी बालिकाको घर पुग्यौं र उनको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउन भूमिका खेल्यौं,’ प्रहरीले निरीक्षक केसीले भने,‘हामीले ती बालिकालाई तुलसीपुर पुर्‍याउँदा राति ११ बजिसकेको थियो।’ 

उपचारमा संलग्न चिकित्सकले पनि बलात्कृत बालिकाको योनीबाट रक्तस्राव भइरहेको तथा बालिका राम्रोसँग बस्न सक्ने अवस्था समेत नरहेको भन्ने जानकारी दिएको प्रहरीले बताएको छ। 

बलात्कारमा संलग्न केटाहरू र बलात्कृत बालिकाकी दिदी एउटै स्कुलमा पढ्छन्। उनीहरूलाई केही समय पहिला पीडितकी दिदीले खोलामा माछा मार्दै गरेको देखेकी थिइन्। बलात्कारपछि बहिनीले भनेको हुलियाको आधारमा दिदीले नै यी केटाहरू हुन् भनेर पत्ता लगाउन सहयोग गरिन्।

‘बहिनीले भनेको हुलियाको आधारमा दिदीले यी केटाहरू हुन् भनेर पत्ता लगाइन्,’ प्रहरी अधिकारीले भने, ‘त्यही आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका दुबै जनाले घटना स्वीकार गरेका छन्।’

बलात्कारमा संलग्नमध्ये एक जनालाई राति २ बजे र अर्का एक मुख्य आरोपी भनिएका किशोरलाई बुधबार बिहानमात्रै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा चल्ने हुँदा पीडक दुबै किशोरलाई समेत तुलसीपुर पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments