Incident Reports

सार्वजनिक धारामा पानी छोएको भन्दै कुटपिट गर्ने विरुद्ध उजुरी

2014-06-24

Lumbini, Rupandehi, Sudhdhodhan

Amrit Giri जातीय विभेद तथा छुवाछुतविरुद्धका कार्यक्रमहरू भइरहेका बेला यहाँकी एक दलित महिलालाई गाउँको धारा छोएको निहुँमा मानमटेरिया गाविस-३ मधवनी गाउँकी ६२ वर्षीया अनारी हरिजनलाई असार ८ गते छिमेकी २५ वर्षीय विपत केवटले सार्वजनिक धारा छोएको निहुँमा कुटपिट गरेको भन्दै असार १० गते जिल्लास्थित दलित अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । जातीय विभेद तथा छुवाछुतका नाममा बेसहारा महिलामाथि दुर्व्यबहार भएको भन्दै दलित सेवा संघका जिल्ला सचिव किस्मत विकले दोषीलाई कारबाही र पीडितलाई उचित न्यायको माग गरेका छन् । पीडितका तर्फबाट दलित अधिकारकर्मीहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । मधुबनी गाविस र स्थानीयको जनश्रमदानमा निर्माण गरिएको सार्वजनिक धारामा पानी लिन गएका बेला हरिजनमाथि कुटपिट गरिएको पीडितले बताईन् । कुटपिटबाट सामान्य घाइते भएकी हरिजनको भैरहवाको रानीगाउँस्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भैरहेको छ । सानो जातिले ठूलो जातिले चलाउने धारामा आउँदै नआउनु, धारा छुँदै नछुनु', भन्दै आफुमाथि दुर्व्यवहार र कुटपिट भएको पीडितले बताईन् । यसअघि पनि केवटका परिवारले धाराको विषयमा धम्क्याउने गरेको उनले बताइन् । 'तल्लो जातको मानिस यसरी मनपरी पानी भर्न आउछेस् भन्दै केवटले लाठी प्रहार गर्दै धाराबाट धकेलेको पीडितले बताईन् । डीएसपी दीपक न्यौपानेले आरोपी केवटलाई असार ९ गते गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis