Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2021-03-03

Sudurpashchim, Kailali, Dhangadhi

१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका—३ का ५२ वर्षीय दानबहादुर कामी र सोही ठाउँका ३० वर्षीय सुरेश विश्वकर्मालाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई प्रलोभनमा पारी भारतको गडुवाल लगेर यातना दिएको सूचना प्राप्त भएपछि शान्ति पुनस्र्थापना केन्द, धनगढीमा उद्धारा गरी दिन निवेदन दिएको र पुनस्र्थापना केन्द्रको सहयोगमा  फागुन १७ गते बालिकाको उद्धार गरी घटनामा सङ्लग्न व्यक्तिहरुलाई प्रहरीको जिम्मा लगाइएको पीडितका भिनाजु अर्जुन सुनारले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरुविरुद्ध बेचबिखन तथा ओसारपसारको कसुरमा फागुन १८ गते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा फागुन १७ गरिएको  प्रहरीले जनायो ।

मैनामोती चौधरी

0 Comments