Incident Reports

दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

2021-03-02

Madhes, Mahottari, Gaushala, Ward 6

महोत्तरीको गौशाला नगरपालिका ६ मा रहेकाे श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमाथि स्थानीयले हातपात गरेका छन् । विद्यालयमा सञ्चालित दिवाखाजा समितिको नामबाट श्रीमतीको नाम हटाएको निहुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले प्रधानाध्यापक ठाकुरमाथि हातपात गरेका हुन् ।

मंगलबार कक्षा सकिएर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत मानेन् । 

गएकाे माघ ५ गते विद्यालयमा गठित दिवा खाजा व्यवस्थापन समितिको नाममा रहँदै आएको श्रीमती शान्तिदेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको विद्यालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले बताउनुभयाे । समिति गठन गर्ने क्रममा आफूले वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार नै सो समितिलाई पूर्णता दिएको प्रधानाध्यापक ठाकुरकाे भनाइ छ ।

विद्यालय परिवारले कुटपिटमा संलग्न रामबाबु र उनका छोरा मनोहरलाई कारबाहीको लागि सरोकारवाला निकायसमक्ष माग गरेका छन् ।

रामबाबु यादव वडा नं. ६ का वडासदस्य शान्तिदेवी यादवका श्रीमान् हुन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports