2021-03-03
नेपाली महिलामाथि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुर्व्यवहार गरेपछि सुनौली नाकामा बुधबार तनाव भएको छ ।भारतीय सुरक्षाकर्मीको ज्यादतीविरुद्ध सयौंको संख्यामा उपस्थित स्थानीय नेपालीले बुधबार साँझ करिब ५ देखि ९ बजेसम्म दशगजा नजिक प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन नेपाल र भारत दुवैतर्फ बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए ।
सिद्धार्थनगर–१ को सीमावर्ती बेलहियाकी ३९ वर्षीया हिरा आले गुप्तामाथि सीमामा तैनाथ एसएसबीकी एक महिला सुरक्षाकर्मीले हातपात गरेको आरोप नेपाली पक्षको छ । गुप्ता आमासहित सामान किन्न सुनौली बजार जान लागेकी थिइन् । मूल नाकाबाट जान खोज्दा धेरै भीड देखेपछि अर्को बाटो जाँदा घटना भएको उनले बताइन् ।
‘सामान्य भनाभनमा उनले मलाई झापड हानेर कपाल लुछ्न थालिन्,’ गुप्ताले भनिन्, ‘मलाई पिटेपछि मैले पनि उनलाई पिट्दै कपाल लुछे ।’ उनीहरूलाई सुरक्षाकर्मीले छुट्याएका थिए । एसएसबीका सुरक्षाकर्मीले गुप्तालाई सिमानाबाट समातेर भारततर्फ लैजान लागेपछि नेपालतर्फका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले तानेर फिर्ता ल्याएका थिए ।
साढे ७ बजेतिर दुवैतर्फका सुरक्षा अधिकारी र स्थानीयसहितको टोली छलफलमा बस्न लागेका बेला अज्ञात व्यक्तिले प्रहार गरेको ढुंगाले भारतीय नागरिकलाई लागेपछि बैठक स्थगित भएको थियो । जताबाट गल्ती भए पनि आ–आफ्नोतर्फबाट महसुस गरी कारबाही गर्ने सर्तमा सहमति भएपछि नाका सञ्चालनमा रहेको डीएसपी सत्यनारायण थापाले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Violence against civilians |
Weapons | None |
Primary Cause | Law and Order Violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Foreign State |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance