Incident Reports

राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

2021-03-06

Madhes, Dhanusha, Janakpur

जनकपुर । प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ ।  जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो ।

संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो । फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले कार्यक्रममा रडाको मच्चाएका थिए ।

रामबाबु यादव समूहले गैरकानूनी रुपमा आयोजना भइरहेको साधारणसभा रोक्न आग्रह गरेपछि राज्यमन्त्री यादव समेत जाइ लागे । त्यसपछि उनीमाथि कुर्सी प्रहार भएको कार्यक्रममा सहभागी रहेका सेयरधनी तथा सदस्य संजय कुमार साहले बताए ।

साहले भने, ‘हरियौत समूहले संस्थाको चल अचल सम्पत्ति हिनामिना गरेको आरोप लगाउँदै रामबाबुको समूहले साधारणसभा रोक्न खोजेका थिए । यता राज्यमन्त्री यादवले विवाद मिलाउनुको साटो कार्यक्रम बीचमै खैलाबैला मचाउँदा रामबाबु यादवको समुहले राज्यमन्त्री यादवमाथि कुर्सी फ्यालेर आक्रमण गरेका थिए ।

तर राज्यमन्त्री यादवले आफूमाथि हातपात नभएको बताएका छन् । उनले भने,ममाथि हातपात भएको छैन । संघका पदाधिकारीहरुबीच नै हिसाब किताब सम्बन्धमा सामान्य विवाद भएको थियो । उनीहरुले मलाई केही गरेको छैन ।’

निवर्तमान अध्यक्ष हरियौत र जिल्ला बचत सहकारी संघ धनुषाका अध्यक्ष नारायण यादव लगायतका पदाधिकारीमाथि सहकारी जगेडा कोषको ४७ लाख रुपैयाँ, सहकारीको घर भाडा वापतको मासिक १ लाख ३२ हजार रुपैयाँ, राष्ट्रिय सहकारी बोर्डको अनुदान रकम २० लाख रुपैयाँ र संघको १७ धुर जग्गा कौडीको भाउमा बेचेर रकम अनियमितता गरेको आरोप रामबाबु यादवले लगाएको छ ।

पछिल्लो २४ वर्षदेखि हरियौत नै संस्थाको अध्यक्ष छन् । हिरयौतको समूहले संघ भित्र गैरकानूनी तरिकाबाट काम गरिरहेको भन्दै बहुमत सदस्यले रामबाबु यादवको अध्यक्षतामा गत वर्ष नै संघको नेतृत्व चयन गरेका थिए ।

साधारणसभामा संघमा आबद्ध ७९ जना सेयरधनी मध्ये ९ जनालाई मात्रै कार्यक्रम बारे जानकारी गराइएको थियो । अन्य सेयरधनीहरू रामबाबु यादवको पक्षमा उनीहरुलाई जानकारी नै गराएको थिएन । रामबाबु पक्षले फागुन २४ गते राष्ट्रिय सहकारी महासंघको आतिथ्यमा अर्को साधारणसभा गर्ने सेयरधनी संजय कुमार साहले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments