Incident Reports

छोरीमाथि बलात्कार प्रयासमा बाबु पक्राउ

2021-03-06

Madhes, Mahottari, Bardibas

बर्दिवास ।

महोत्तरीमा एकजना पुरुषले आफ्नै छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।जिल्लाको बर्दिबास नगरपालिकास्थित खयरमारामा आफ्नै छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरुषलाई इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

आरोपी बाबुमाथि जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिएर आरोपीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालिएको इप्रका बर्दिवासका प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो

घरमा श्रीमती नभएको बेला ३८ वर्षीय बाबुले १३ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments