Incident Reports

बलात्कारको आरोपमा प्रहरीमा उजुरी l

2014-06-23

Sudurpashchim, Dadeldhura, Parashuram

Rajendra Thagunna डडेल्धुरा । ०७१ असार १० गते एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिर्ष गाविस-५ का ३५ वर्षीय भरत धामी विरुद्ध असार ९ गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दर्ता गरिएको छ । आमा सुत्केरी भएको र आमाको लागि जेठ ३१ गते आरोपित धामीको पसलमा समान किन्न गएको समयमा धामीले बलात्कार गरेको पीडितले बताईन् । प्रत्यक्षदर्शी स्थानीयले बलात्कारको घटना बारे जानकारी दिएपछि प्रहरीमा उजुरी दिएको पीडित बालिकाका आफन्तले बताए । घटना भएको कसैलाई भनेपछि ज्यान लिने भन्दै धामीले धम्की दिएकोले आफूले घटनाका बारेमा कसैलाई जानकारी नगराएको पीडित बालिकाले बताइन् । पीडित बालिकाको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार तथा चेकजाच गरिएको र आरोपित फरार भएकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायव उपरीक्षक भोजदेव खतिवडाले बताए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis