Incident Reports

भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकले लगाए गाउँपालिकामा ताला

2021-03-07

Madhes, Dhanusha, Aaurahi

२३ फागुन, जनकपुरधाम ।

पछिल्लो आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरुले धनुषाको औरही गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् । साउन महिनादेखि हालसम्म गाउँपालिकाले भत्ता उपलब्ध नगराएको ज्येष्ठ नागरिक मजबुरी मेहताले बताए ।

भत्ता लिन पटक–पटक गाउँपालिका धाएपनि अध्यक्ष तथा कर्मचारीले फिर्ता घुमाउने गरेकाले बाध्य भएर ताला लगाउनुपरेको उनले बताए । ‘भत्ता लिन आउँछु, कसैले वास्ता गर्दैनन्,’ अर्का ज्येष्ठ नागरिक जयकृष्ण साहले भने, ‘आज दिन्छु, भोलि दिन्छु भन्दाभन्दै ८ महिनादेखि दिएको छैन ।’

गाउँपालिकामा भेला भएका करिब डेढ सयजना ज्येष्ठ नागरिकले एक महिनादेखि गाउँपालिकाका अध्यक्ष ब्रहमदेव यादव पनि सम्पर्कमा नआएकाले गाउँपालिकाको कार्यालयमा ताला लगाएको बताएका छन् ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments