Incident Reports

बारामा एक युवकको हत्या

2021-03-09

Madhes, Bara, Nijgadh, Ward 9

२५ फागुन, काठमाडौं । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।

उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनास्थलमा रहेका डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।

[Update]

रोहित शर्मा हत्या प्रकरण : रौतहटको चन्द्रपुरबाट पान पसले साह पक्राउ

बारा, २५ फागुन । बाराको निजगढमा एक युवकको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ ।

निजगढ नगरपालिका ९ घर भएका १९ वर्षीय रोहित शर्माको सोमबार राति उनकै घरमा घाँटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० बर्षका अरुण कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मृतक शर्माको हत्या गरेर उनको घरबाट साह मंगलबार बिहान साढे चार बजेको समयमा मोटर साइकलमा निस्केको सीसीटीभी फुटेजमा देखिएपछि निजगढ प्रहरी बिहानै चन्द्रनिगाहपुर पुगेको थियो ।

हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यलय बाराका डीएसपी गौतम मिश्रसहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले लतपतिएको कपडा र मोटरसाइकल सहित साहलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकलको आधारमा अभियुक्त पक्राउ गरेको हो । हत्या भएको घरबाट निस्केको व्यक्ति ना १३ प ७२१२ नम्बरको मोटरसाइकल चढेर भागेको थाहा पाएपछि प्रहरीले सवारी धनीको खोजी सुरु गरेको थियो ।

ठाउँठाउँमा भएका सीसीटीभीका फुटेजहरुको मद्दतले मद्दत घटना भएको ४ घण्टाभित्रै घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गर्न सफल भएको प्रवक्ता मिश्रले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले ‘तालिम प्राप्त कुकुर झिकाएकाको भएपनि कुकुर आइपुग्नु अघि नै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएकोे बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports