Incident Reports

महिला बेचबिखनको आरोपमा पक्राउ

2021-03-09

Province 1, Morang, Biratnagar

मानव बेचबिखन मुद्दामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगर छन् ।उनीहरूले सिन्धुपाल्चोक घर भएका महिलालाई विराटनगर झिकाउँदै सीमा नाका कटाएर भारततर्फ बेच्न लगेको आरोपमा विराटनगर–१६ दक्षिण गेटबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा मानव बेचबिखन मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।

राम्रो कमाइको प्रलोभन दिएर काममा लगाइदिने बहानामा महिलालाई झुक्याएर भारततिर लैजान लागेको पाइएपछि तामाङ र मगरलाई पक्राउ गरेको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २३ र ३१ वर्षीया दुई महिलालाई पनि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरेको छ ।

National/Online Media

0 Comments