Incident Reports

अज्ञात समूहद्वारा ट्रक चालकमाथि आक्रमण

2021-03-09

Karnali, Surkhet, Bheriganga, Ward 12

दैलेखबाट भैंसी लोड गरेर बाँकेको नेपालगञ्ज जाँदै गरेको ट्रकका चालकलाई अज्ञात समूहले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको छ। मंगलबार राति साढे एक बजेतिर भेरीगंगा नगरपालिका–१२ स्थित मसिनाको जंगलमा ट्रक रोकेर चार जनाको समूहले चालक २३ वर्षीय पवन शाहीलाई आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार खुकुरी प्रहारबाट ट्रक चालक शाहीका दुबै खुट्टा र हातका पञ्जाका भागहरु काटिएका छन्। ‘घटनाको प्रकृति हेर्दा दुबै खुट्टा र हात काट्ने उद्देश्य देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामबहादुर घर्तीमगरले भने, ‘चालकले प्रतिकार गरेका कारण ठूलो घटना हुन पाएन।’

प्रहरीले ट्रक चालकलाई आक्रमण गर्नेहरुको खोजी भइरहेको जनाएको छ। पुरानो रिसिइवीका कारण आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports