Incident Reports

तराई मुक्ति मोर्चाका कमाण्डरलाई जन्म कैदको फैसला l

2014-06-23

Madhes, Bara, Mahagadhimai

Lakshmi Sah Sonar बारा । ०७१ असार ११ गते तराई मुक्ति मोर्चाका प्लाटुन कमाण्डर गञ्जभवानीपुर गाविस-३ निवासी ३५ वर्षीय अग्नि भन्ने सुनिल जैसवाललाई जिल्ला अदालतले असार ९ गते जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नारायण पोखरेलको इजलासबाट चार वर्षअघि गञ्जभवानीपुर गाविसमा चार जना माओवादी कार्यकर्ताको हत्या अभियोगमा सो फैसला भएको हो । सशस्त्र प्रहरीबाट हतियारसहित भागेका सुनिल बारा, पर्सा, रौतहटको मोर्चाको सैन्य कमाण्डरको जिम्मेवारीमा रहेको समयमा चार जना माओवादी कार्याकर्ताको हत्या गरेका थिए । २०६६ पुस २२ गते मुख्य अभियुक्त सुनिलसहित तराई मुक्ति मोर्चाका कायकर्ताहरुले सामुहिक आक्रमण गर्दा गञ्जभवनीपुर गाविस-२ का ४० वर्षीय माओवादी कार्यकर्ता रामप्रकाश यादव, उनका भाइ ३५ वर्षीय कन्हैया यादव तथा भान्जा २७ वर्षीय दारा यादव र अर्का एक ३५ वर्षीय अम्बिका महतो नुनियाको मृत्यु भएको थियो । भारतमा लुकीछिपी बस्दै आएका सुनिललाई झन्डै एक वर्षअघि अञ्चल प्रहरी कार्यालय वीरगञ्जका एसएसपी सर्वेन्द्र खनालले भारतबाट गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा गरेकोमा अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा थिए । लक्ष्मी साहसोनार

0 Comments

Related Reports
Related Trend Analysis