Incident Reports

सुदूरपश्‍चिममा बोर्ड र नेमप्लेट राख्‍ने विषयमा ओली र माधव समूहबीच झडप

2021-03-10

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी-सुदूरपश्चिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच झडप भएको छ।सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा बोर्ड र नेमप्लेट राख्‍ने विषयमा विवाद भएपछि दुई समूहबीच झडप भएको हो।

आज बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो।ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको थियो भने अध्यक्षमा कर्णबहादुर थापाको नेमप्लेट राखिएको थियो।

माधव समूह आएर उक्त नेमप्लेट हटाउने क्रममा विवाद हुँदा झडप भएको जनाइएको छ।नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भिम रावल र अध्यक्ष भानुभक्त जोशी रहेका थिए।झडप भएको स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments