Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-03-08

Lumbini, Dang, Tulsipur, Ward 11

११ र १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अमर मावि उरहरीका शिक्षक तुलसीपुर उपमनपा–११ का ५५ वर्षीय पदमबहादुर वलीलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।

कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई आरोपितले फागुन २३ गते कक्षा कोठामा दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले पठन पाठन रोकेर फागुन २६ गते विद्यालय परिसरमै प्रदर्शन गरेका छन् ।

शिक्षकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेको विद्यालयका प्रधानाध्यापक पदम वलीले जानकारी दिनुभयो । पीडित पक्षले फागुन २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् ।

मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण फागुन २६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments