Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2021-03-06

Bagmati, Ramechhap, Doramba

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दोरम्बा गाउँपालिका–१ का ७६ वर्षीय नानीबहादुर तामाङलाई प्रहरीले फागुन २७ गते घरैबाट गिरफ्तार गरेको छ ।

बेसीँबाट घर फर्कने क्रममा गोपीखोलास्थित वनमा ०७७ फागुन २२ गते आफू माथि बलात्कार प्रयास गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडित महिलाले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडतको उजुरीको आधारमा आरोपित तामाङलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडितको ०७७ फागुन २६ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ परीक्षण गरिएको छ ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments