Incident Reports

महिला हत्याको आरोपमा ससुरा सहित दुई जना पुर्पक्षको लागि थुनामा l

2014-06-24

Gandaki, Syangja, Putalibazar

१५/१५ हजार धरौटीमा रिहा भएका छन् । मृतक कल्पना कुँवर गुरुङ ०७१ जेठ ३ गते छिमेकी सुकमाया गुरुङको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकको माइती पक्षले अन्तरजातीय विवाह गरेकी मृतकको पति वैदेशिक रोजगारीमा गएपछि घरपरिवारले राम्रो व्यवहार नगरेको र खान, लाउन नदिइ हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । माइती पक्षको जाहेरीपछि प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी कर्तव्यज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । मृतकले सोही ठाउँका २४ वर्षीय अमित गुरुङसँग १८ महिना अगाडि अन्तरजातीय विवाह गरेका थिए । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis