Incident Reports

प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना गिरफ्तार

2021-03-12

Gandaki, Tanahun, Bhimad, Ward 1

भिमाद नगरपालिका–१ डुम्रीबेशीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–७ का २३ वर्षीय प्रिन्स थापा र २२ वर्षीय लोकबहादुृर थापालाई गिरफ्तार गरेको छ ।

आरोपितहरुलाई फागुन २९ गते बिहान डुम्रीबेशीबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले बताउनुभयो ।

डुम्रीबेशीमा आयोजित भलिवल प्रतियोगिताको क्रममा फागुन २८ गते साँझ दुई पक्षबिच विवाद भएको थियो ।

सो विवाद मिलाउने क्रममा प्रहरी टोलीलाई नै आक्रमण गरिएको उहाँले बताउनुभयो ।

घटनामा घाइते हुनुभएका डुम्रीबेशी प्रहरी चौकीका इञ्चार्ज असइ सुरेन्द्र गुरुङको उपचार मणिपाल अस्पताल पोखरामा गरिएको र उहाँको अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले जानकारी दिनुभयो ।

गिरफ्तार गरिएकाहरूलाई इलाका प्रहरी कार्यालय बेलचौतारामा राखिएको र कुटपिटमा संलग्न अन्यकोपनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
Youth Injured n/a
INSEC

0 Comments

Related Reports