Incident Reports

मोरङमा आठ वर्षीया सुस्त मनस्थितिकी बालिकामाथि बलात्कार

2021-03-12

Province 1, Morang, Ratuwamai

विराटनगर / मोरङको रतुवामाईमा सुस्त मनस्थितिकी आठ वर्षीया बालिकामाथि ६६ वर्षे वृद्ध पुरुषले बलात्कार गरेका छन् । बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियाले बालिकामाथि बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार पीडित बालिकाका अभिभावकको किटानी जाहेरीका आधारमा मुखियालाई पक्राउ गरिएको छ । पक्राउ परेका मुखियाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आइतबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए ।

सुस्त मनस्थितिकी बालिका आफ्ना कुरा कसैलाई पनि बताउन सक्ने अवस्थामा छैनन् । उनी बोल्न सक्दिनन् । डिएसपी राईका अनुसार बालिका आफ्ना छ र पाँच वर्षीया बाहिनीसहित छिमेकी एक बालिकासँग घाँस काट्न मकैबारीमा गएकी थिइन् । घाँस काटिसकेर तीन बालिका रुख चढेर खेलिरहेका थिए । आठ वर्षीया बालिका भने भुइँमै थिइन् ।

त्यही क्रममा बाँस काट्न भन्दै मकैबारीछेउमा रहेको बाँसघारीमा मुखिया पनि आइपुगेको प्रहरीले जनाएको छ । उनले भुइँमा रहेकी बालिकालाई त्यतिबेलै बाँस झ्याङभित्र जबरजस्ती लगेर बलात्कार गरेको बहिनीहरूले देखेको डीएसपी राईले बताए । घटना शुक्रबार दिउँसो ३ः१५ बजेतिरको हो ।

बहिनीहरूले साँझ घरमा पुगेर आमालाई सुनाएपछि सुस्त मनस्थितिकी बालिकामाथि भएको बलात्कार घटना बाहिर आएको हो । पीडित बालिकाकी आमाले पनि छोरीको यौनाङ्ग सुन्निएको देखेपछि प्रहरीलाई खबर गरेको बताइन् । यौनाङ्गमा चोट लागेकी बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य परीक्षण पनि कोसीमै भएको छ ।

बलात्कारको सिकार बनेपछि सुस्त मनस्थितिकी बालिकामा झन् मानसिक समस्या थपिएको प्रहरीले जनाएको छ । कोही मान्छे देख्नेबित्तिकै रुने, तर्सिने र डराउने गरिरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका वृद्धले पनि घटनामा संलग्नता स्वीकार गरिसकेको जानकारी डीएसपी राईले दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments