Incident Reports

बालिकालाई बलात्कार प्रयास गर्ने विरुद्ध उजुरी l

2014-06-23

Lumbini, Kapilbastu, Yashodhara

Nanda Ram Paudel कपिलवस्तु । ०७१ असार ११ गते एक १२ वर्षीया बालिकालाई रंगपुर गाविस-७ का ३० वर्षीय प्रेमशंकर यादवले असार ९ गते राती घरमा कोही नभएको अवस्थामा बलात्कार प्रयास गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा असार १० गते उजुरी गरेका छन् । आरोपित यादवले राती १२ बजे बालिका घरको बरण्डामा सुतेको अवस्थामा घरमा गई मुख थुनेर खुट्टा समाती बलात्कार प्रयास गर्दा बालिका रोइ चिच्चाइ भाग्न सफल भईकी थिइन । चिच्याएपछि गाउँलेले घटना स्थलमा जाँदा आरोपित यादव भागेका थिए । असार ९ गते राती नै स्थानीयले प्रहरीमा खबर गरेपछि यादवलाई जिल्ला प्रहरी कार्यालयले असार ९ गते राती नै गिरफ्तार गरेको थियो । असार १० गते आफन्त सहित गाउँका करीव १ सय ५० भन्दा बढी स्थानीयले दोषीलाई कारबाही हुनु पर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । प्रहरीले उक्त घटनामा सार्वजनिक अपराध मुद्दा लगाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरिएको छ । तर स्थानीय तथा आफन्तले भने जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउनु पर्ने माग गरेका छन । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis