Incident Reports

बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दा

2021-01-14

Bagmati, Lalitpur, Bagmati, Ward 7

१ चैत, काठमाडौं ।

बलात्कारको आरोपमा लतिलपुर प्रहरीले वाग्मती गाउँपालिका–७, गिम्दीका एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि १५ वर्षीया बालिका जबरजस्ती करणी गरेको आरोप छ । पीडित किशोरी पनि दुई महिनाको गर्भवती भएको स्वास्थ्य परीक्षणबाट खुलेको छ । तर पीडित बालिकाले किटानी जाहेरी नदिएका कारण बलात्कार आरोपीलाई अभद्र व्यवहारको मुद्दामा प्रहरी हिरासतमा राखिएको छ ।

पीडित किशोरीले उजुरी दिन नमानेपछि कानुनी प्रक्रिया अघि बढाउन समस्या भएको चापागाउँका डीएसपी टीका कार्कीले बताए । पीडक पनि पीडित बालिकाको नातेदार नै भएको भन्दै उनले भनिन्, ‘उहाँविरुद्ध अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।’

बाल क्लबबाट बाहिर आएको घटना

विद्यालयको गिम्दी बाल क्लब सञ्जालका एक सदस्यका अनुसार पीडित बालिकाले केही दिनदेखि अस्वभाविक गतिविधि देखाइरहेकी थिइन् । साथीहरुले सोध्दा उनले ‘भिनाजुले दिदी नभएको वेला जबरजस्ती करणी गरेको’ र दुई महिनादेखि महिनावारी नभएको भन्दै सहयोग गर्न आग्रह गरिन् ।

बाल क्लबमा आवद्ध उनका साथीहरुले बाल हेल्पलाइन १०९८ मा उजुरी गरे । जनप्रतिनिधि र प्रहरी वृत्त, चापागाउँसम्म खबर पुगेपछि प्रहरीले पीडित र पीडक दुवैलाई कार्यालयमा ल्याएर छलफल गरेको छ ।

ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार स्वास्थ्य जाँचबाट पीडित बालिका गर्भवती भएको पुष्टि भएको छ ।

तर पीडितले कहणीको किटानी जाहेरी नदिँदा आरोपितमाथि मुद्दा चलाउन नसक्ने अवस्था आएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बज्राचार्य भन्छिन्, ‘बलात्कारको घटनामा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाउन मिल्दैन । पीडितले उजुरी नदिएसम्म कारबाही अघि बढाउन समस्या छ ।’ यदि उजुरी आए करणी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ्ने उनले बताइन् ।

किन होस्टायल भइन् बालिका ?

प्रहरी अधिकृतहरु पीडित बालिकालाई धम्की वा कुनै प्रलोभन दिएर होस्टायल गराइएको हुनसक्ने बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन नेपालका अधिकारीहरुको पनि उस्तै आशंका छ ।

संस्थाका कार्यक्रम व्यवस्थापक भरत अधिकारी भन्छन्, ‘हेल्पलाइनमा पहिले जबरजस्ती करणी भएको भनेर उजुरी आएको थियो । अहिले जाहेरी नपरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

ललितपुरकी एसएसपी बज्राचार्य पनि बालअधिकार परिषद्सहित बालबालिकासँग सम्बन्धित विभिन्न संस्थासँग समन्वय गरेर घटनाबारे कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको बताउँछिन् । प्रहरीका अनुसार पीडितका बुबाआमा भारतमा छन् । उनी आफन्तको घरमा बसेर पढ्दै आएकी थिइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments