2021-03-15
Sudurpashchim, Kanchanpur, Bedkot
कञ्चनपुर:
कञ्चनपुरमा एक वडा अध्यक्षमाथि आक्रमण भएको घटना सार्वजनिक भएको छ। जिल्लाको बेदकोट नगरपालिका–५ का वडाअध्यक्ष गणेश विक(कुशल)माथि ढुङ्गा प्रहार गरी आक्रमण गरिएको हो।स्थानीय राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा लगायतले सामान्य विवादमा अध्यक्ष विकमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरेको बताइएको छ।
अहिले वडाअध्यक्ष विक महाकाली अस्पतालमा उपचाररत छन्।
वडा कार्यालयमा सामान्य विवाद मिलाउने क्रममा उनीहरुले प्रहरीकै सामु आफुमाथि आक्रमण गरेको वडा अध्यक्ष गणेश विकले बताए। ‘मदिरा सेवन गरेर आएका थिए। कुरा नबुझ्दै अचानक ढुङ्गामुढा प्रहार गरी घाइते बनाए’ उनले भने।
बेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिहले अध्यक्ष विकमाथि पूर्वाग्रह राखेर आक्रमण गरिएको बताएका छन्।
बेदकोट नगरपालिकाले अध्यक्षमाथि आक्रमणको प्रहरी कार्यालयलाई जानकारी गराइएको छ। घट्नाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Other |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance