Incident Reports

करणी गरी गर्भ बोकाएको आरोपमा युवक पक्राउ

2021-03-12

किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का ३० वर्षीय रमेश हजरा पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पासवानले १७ वर्षीय किशोरीलाई विवाह गर्छु भनी होटेलमा लिएर पटक-पटक करणी गरी गर्भ बोकाएको आरोप छ । घटनाको बारेमा किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि पासवानलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

२८ गते पक्राउ परेका पासवानलाई प्रहरीले आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments