Incident Reports

श्रम शोषण गर्ने विव्यास अध्यक्ष विरुद्ध उजुरीl

2014-06-24

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling खोटाङ । ०७१ असार ११ गते खार्मी गाविस-५ स्थित जालपा निमाकी शिक्षक २६ वर्षीय जसुदा राईले श्रम शोषण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४० वर्षीय श्यामकुमार राईलाई कारबाहीको माग गर्दै जिल्ला शिक्षा कार्यालय खोटाङ, विभिन्न शिक्षक सङ्घसङ्गठन, महिला अधिकारकर्मी र अन्तरपार्टी महिला सञ्जालमा असार १० गते उजुरी तथा निवेदन दिएकी छन् । विद्यालयमा ०६५ देखि निजि शिक्षिकाको रुपमा आफू कार्यरत रहेको तथा मासिक ५ हजार ७ सय रुपैयाँका दरले सात महिनाको तलव आफूले पाउन बाँकी रहेको र तलव माग गर्दा जागिर छाड्नुपर्ने तर पाउने तलव नदिने भन्दै धम्की दिने गरेको पीडितले बताइन् । पीडितको समस्याको समाधान गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कार्यालयमा हाजिर हुन निर्देशन दिइएको निमित्त जिल्ला शिक्षा अधिकारी मिनबहादुर थापाले बताए । अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष बिमला राईले विव्यास अध्यक्षसँग सञ्जालले छलफलका लागि पहल गने र नमानेको खण्डमा कानुनी प्रक्रियामा जाने बताईन् । यस विषयमा थप कुरा बुझ्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार राईसँग फोन गर्दा सम्पर्क हुन सकेन । डीएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis